NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

विश्वकप क्रिकेट : वेष्ट इन्डिजविरुद्ध श्रीलंका विजयी, पुरनको शतक खेर

मङ्लबार असार १७ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
विश्वकप क्रिकेट : वेष्ट इन्डिजविरुद्ध श्रीलंका विजयी, पुरनको शतक खेर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

एजेन्सी, असार १७
आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती सम्पन्न खेलमा श्रीलंकाले वेस्टइन्डिजलाई २३ रनले पराजित गरेको छ । जितसँगै श्रीलंकाले शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने झिनो अंकगणितीय संभावना कायमै राखेको छ ।

३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको वेस्टइन्डिज निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो । वेस्टइन्डिजका लागि युवा खेलाडी निकोलस पुरनले १ सय १८ रनको योगदान दिएपनि एक्लो प्रयास विशाल लक्ष्य पुरा गर्न पर्याप्त भएन ।

४८ ओभरको पहिलो बलमा एन्जिलो मेन्थिसले कुशल परेराबाट क्याच आउट गराउनु अघि पुरनले १ सय ३ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । पुरनले ९२ बलमा शतक पुरा गरेका थिए । यो पुरनको वान डे करियरको पहिलो शतक हो ।

LS Auto

विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले तेस्रो ओभरको दोस्रो बलमै सुनिल एम्ब्रिसलाई ५ रनमा गुमाएको थियो । उनलाई लाथिस मलिंगाले कुशल परेराबाट क्याच आउट गराए । मलिंगालेनै शाई होपलाई पाँचौं ओभरको अन्तिम बलमा ५ रनमा बोल्ड आउट गरे ।

१६ ओभरको दोस्रो बलमा कसुन रजिथाले क्रिस गेललाई ३५ रनमा क्याच आउट गराएपछि वेस्ट इन्डिज दबाबमा परेको थियो । गेलले ४८ बलमा २ छक्का र १ चौका प्रहर गरे । शिमरोन हिटमायर २९ रनमा रन आउट भए । जोसन होल्डर २६ र कार्लोस बर्थवेट ८ रनमा आउट भएपछि वेस्ट इन्डिज ३४।३ ओभरमा १९९(६ को कमजोर अवस्थामा पुगेको थियो ।

तल्लोक्रमका एविएन एलिनले ३२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोड्दै इनिंग उकासेका थिए । ४५ ओभरको पहिलो बलमा निकोलस पुरनसँग रनमा तालमेल गर्न नसक्दा रन आाउट भएपछि वेस्ट इन्डिजको जित टाढिएको थियो । श्रीलंकाका लागि लाथिस मलिंगाले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट हात पारे । कसुन रजित,जेफ्री भान्डरसेय र एन्जिलो मेन्थिजले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । श्रीलंकाको लागि युवा खेलाडी अभिष्का फर्नान्डोले १ सय ३ बलमा ९ चौका र २ छक्का सहित १ सय ४ रनको महत्वपूर्ण योगदान दिए । फर्नान्डोलाई ४८ ओभरको दोस्रो बलमा शेल्डन कट्रेलले फबिएन एलनबाट क्याच आउट गराए ।

फर्नान्डोले एक सय बलमा आफ्नो वान डे करियरको पहिलो शतक पुरा गरे । जारी विश्वकपमा श्रीलंकाबाट शतक प्रहार गर्ने फर्नान्डो पहिलो खेलाडी हुन् । कप्तान दिमुथ करुणारत्ने र कुशल परेराले पहिलो विकेटका लागि १५।२ ओभरमा ९३ रनकोे साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

यी दुईबीचको साझेदारी कप्तान जोसन होल्डरले शाई होपबाट दिमुथ करुणारत्नेलाई ३२ रनमा क्याच आउट गराउँदै तोडे । उनले ४८ बलमा ४ चौका प्रहार गरे । १९ ओभरको पहिलो रन आउट हुनुअघि कुशलले ५१ बलमा ८ चौका प्रहार गर्दै ६४ रनको योगदान दिए ।

३२ औं ओभरको पाँचौ बलमा फबिएन एलिनले कुशल मेन्डिसलाई ३९ रनमा क्याच आउट गरे । होल्डरले एन्जिलो मेथ्युजलाई २६ रनमा बोल्ड आउट गरे । तल्लोक्रमका लाहिरु थिरिमनेले ३३ बलमा ४ चौका सहित ४५ रनमा अविजित रहे । वेस्ट इन्डिजका लागि कप्तान जोसन होल्डरले २,फबिएन एलिन,ओशन थोमस र कट्रेलले समान १ विकेट हात पारे ।

यो जितसँगै श्रीलंका ८ खेलमा समान ३ मा जित र ३ हारका साथ ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । यता वेस्ट इन्डिज ८ खेलमा ६ मा हार र १ मा जित सहित नवौं स्थानमा छ ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

World News: China को दुर्लभ खनिजमा अमेरिकी आँखा, रूसमाथि ईयूको नयाँ प्रतिबन्ध || Nepal Times

00:10:48

World News: Germany बंकर सुधार्दै, ४०० प्रतिशत हवाई रक्षा बढाउन नेटोको सुझाव || Nepal Times

00:11:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.