पल्सर पिपुल्स च्वाइस अवार्ड रेश्मा भण्डारीले जितिन्

१७असार, काठमाण्डौ ।

भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् ।

रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भईन् ।

यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए ।

Scroll to Top