NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
प्रहरी हत्यामा पक्राउ पर्नेको संख्या बढ्दो, क्रिकेट सिक्दै गरेका पनि आरोपी मङ्लबार कार्तिक ११ , २०८२
Next
Prev

समाचार

कहाँ पुगेर अड्कियो एमाले-माओवादी एकता ?

आइतवार माघ १४ , २०७४
Reading Time: 1 min read
A A
कहाँ पुगेर अड्कियो एमाले-माओवादी एकता ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको ‘वान टु वान’ वार्ता जारी छ।

एमाले अध्यक्ष ओली दाहाललाई भेट्न उनको निवास खुमलटारमा बिहान पुगेका थिए। त्यहाँ दुई नेताहरुबीच ‘वान टु वान’ वार्ता भएको हो। दुई नेताबीचको वार्ता जारी रहेको दाहालका प्रेस स‌ंयोजक मनहरि तिमल्सिनाले बताए।

‘पार्टी एकताका मुख्य विषय विचार र संगठनमा दुई अध्यक्षहरुबीच छलफल जारी छ’, तिमल्सिनाले भने। दुई नेताको छलफल जारी रहेकाले एकताका लागि बनाइएको कार्यदलको बैठक भने अपरान्ह ३ बजेलाई सारिएको छ। यसअघिका सबै बैठक ओली निवासमा बस्ने गरेको थियो। तर, यो पटक भने ओ‌ली आफैँ दाहाल निवास खुमलटार पुगेका हुन्।

LS Auto

पढ्नुस्: दाहाल भेट्न ओली पुगे खुमलटार

११ बजेका लागि डाकिएको बैठक नेताहरुको व्यवस्तताका कारण अपरान्ह ३ बजेका लागि सारिएको एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘केही नेताहरु व्यस्त भएकाले कार्यदल बैठक सरेको हो’, ज्ञवालीले अन्नपूर्ण अनलाइनसँग भने, ‘एकताप्रक्रिया आफ्नो रफ्तारमा अघि बढिरहेको छ। यो सामान्य प्रक्रिया हो।’

यसकारण अड्कियो एकताको ‘हलो’

दुई नेताबीच कार्यभार बाँडफाँटमै कुरा नमिलेको स्रोतको भनाइ छ। माओवादी दुई पार्टीबीच सम्मानजनक एकताको पक्षमा देखिन्छ। उसका धेरै नेताहरु एमालेसँगको एकताको अर्थ माओवादीको बिलयका रुपमा बुझ्न नहुने बताउँछन्।

पढ्नुस्: कांग्रेसले पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रचण्डको खुलासा

ओली प्रधानमन्त्रीसँगै पार्टी अध्यक्षको जिम्मेवारी कम्तिमा पनि नयाँ महाधिवेशनसम्म अरुलाई हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन्। अर्कातिर दाहाल नयाँ पार्टीमा कार्यकारी अधिकारसहितकोे स्थानको खोजीमा छन्।

दुवै नेताले प्रदेशका मुख्ममन्त्रीसहितका प्राविधिक पदमा करिब सहमति जुटाएपनि एकीकृत पार्टीको नेतृत्वबारेमा नै कुरा नमिलेको हो। दाहाल कम्तिमा पनि नयाँ पार्टीको नेतृत्व लिने गरी एकताको मुडमा देखिएका छन्। उनलाई दोस्रो तहका नेताहरुबाट पनि त्यही दबाब परिरहेको स्रोतको दाबी छ।

दुई नेताले पार्टीको सांगठानिक संरचना र वैचारिक कार्यदिशा तय गर्ने जिम्मेवारी दुई दलका दोस्रो तहका नेता सम्मिलित कार्यदललाई दिएका छन्। कार्यदलले मुख्यमन्त्रीको छनोट तथा प्रदेश सरकारको खाका पनि बनाइरहेको छ।

दुवै नेता आफ्नै रणनीतिमा

दुवै पार्टीका अध्यक्ष आ–आफ्नै रणनीतिमा देखिएपछि एकता प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा नेताहरुले भने एकताप्रक्रिया अघि बढिरहेको प्रतिक्रिया दिइरहेका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक–अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेको थिएन।

पढ्नुस् : ‘एमाले-माओवादीको वैचारिक र राजनीतिक मतभेद लुकाएर लुक्दैन’

आइतवार बिहान खुमलटारमा भएको वार्तामा पनि दुई नेताबीच निचोड ननिस्केपछि कार्यदल बैठक सरेको स्रोतको भनाइ छ। नेताहरुले तयारी नपुगेका कारण गृहकार्यका लागि बैठक सारिएको बताएका छन्।

शुक्रबार बेलुका सुवास नेम्बाङ र रामबहादुर थापासँग बालकोटमा सामूहिक छलफल गरेपछि त्यहाँबाट बाहिरिएर दुई नेता ‘गोप्य वार्ता’ मा बसेका थिए। भक्तपुरस्थित एक व्यापारीको घरमा ओली–दाहालबीच अढाई घन्टा छलफल भएको थियो।

ओलीको चाहना सरकार

ओलीको चाहना पार्टी एकताभन्दा पहिले सरकार गठनमा देखिएको छ। सरकार गठन प्रक्रियालाई पहिले सकेर आफू प्रधानमन्त्री हुने र त्यसपछि मात्रै एकता प्रक्रियालाई अगाडि बढाउने योजनामा उनी देखिएका छन्।

पढ्नुस्: सरकार गठन भन्दा अगाडि पार्टी एकता : प्रचण्ड

यसैकारण उनले पार्टी एकता र सरकार गठन प्रक्रियालाई पृथक् विषय बनाई अलग–अलग ढंगले अगाडि बढाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन्।

बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा उनले यो विषयमा मुखै खोले। ‘सरकार बनाउने कुरा जनताको आदेश, मतादेशको कुरा र पार्टी एकता दुई पार्टीबीचको कुरा हुन्। यी दुई विषय पृथक् रूपमै अगाडि बढ्छन्’, उनले त्यहाँ भनेका थिए।

एकता भाँड्न ठुलो शक्तिः प्रचण्ड

तर, दाहाल ओलीको यो भनाइसँग सहमत देखिएका छैनन्। उनले शनिबार नै चितवनमा आयोजित पत्रकार सम्मेलनमा पार्टी एकताको विषय आज–भोलि नै निष्कर्षमा पुग्ने र सरकार गठनअगाडि नै माओवादीको कुरा गर्ने हो भने जनभावनाअनुसार पार्टी एकता गर्ने भन्नेमा रहेको बताए। ‘जनभावनाको कुरा गर्दा सरकार गठनअगाडि नै पार्टी एकता गर्नुपर्छ भन्ने मेरो जोड छ,’ दाहालले चितवनमा भनेका थिए।

पढ्नुस्: ‘वाम एकता नभए केपी र प्रचण्ड ड्यामेज्ड हुन्छन्

अध्यक्ष दाहालले शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको’ बताएका थिए।

‘हामीसँग एकताको विकल्प छैन। तर, यसबीचमा पार्टी एकताको प्रयासमा मैले निकै ठूला चूनौतिको सामना गरें। एउटा शक्तिले वाम गठबन्धन भत्काउन मलाई पाँच वर्षकै प्रधानमन्त्री दिने प्रस्ताव गर्यो’, दाहालले भने, ‘तर मैले त्यसलाई ईन्कार गरें, फेरि त्यो शक्ति एकता भत्काउन अर्कोतिर लागेको छ। एकता हुन नदिन निकै ठूला प्रयास भए। तर, हामीले एकतालाई जसरी पनि सफल पार्नुपर्छ।’

एकताको यात्रा अझैँ बाँकी

दुई नेताबीच पदीय भागवण्डामा कुरो नमिलेकै कारण एकता प्रक्रिया टुंगोमा नपुगेको बताइन्छ। ओली–दाहाल ‘वान टु वान’ वार्ताका धेरै कुरा उनीहरुले दोस्रो तहका नेतासम्म सार्वजनिक गरेका छैनन्। केही दिनअघि एमाले नेता प्रदीप ज्ञवालीले एकता प्रक्रिया धेरै अघि बढिसकेको बताएका थिए।

पढ्नुस्: यी हुन् वाम एकताका सम्भावना र चुनौती

तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादीबीच बैचारिक र राजनीतिक मतभेद लुकाएर लुक्न नसक्ने अवस्थामा रहेको बताए। उनले यसो भनेर अझै एकता प्रक्रियाले लामो यात्रा तय गर्नुपर्ने जनाउ दिए।

‘यो कुरा लुकाएर लुक्ने होइन। के कुरा सत्य हो भने एमाले र माओवादीबीचमा अहिले वैचारिक र राजनीतिक मतभेदहरु छन्’, नेता श्रेष्ठले भने, ‘मतभेद भएका कुरालाई अन्तरिम समयका लागि थाती राख्दै, मध्यमार्गी बाटो अपनाएर महाधिवेशनबाट समाधान गर्ने गरी अघि बढ्नुपर्छ।’

पढ्नुस्: वाम एकता प्रस्तावमा विदेशीको धम्की : प्रचण्ड

पार्टी एकताचाहिँ हुने, तर दुवै पार्टीका नेता, कार्यकर्ताको आत्मीयता एकता हुन सकेन भने एकताको घोषणाले पनि पार्टीलाई शक्तिशाली नबनाउने उनको भनाइ छ। ‘त्यसैले दुवै पार्टीका नेता कार्यकर्ताले आफूलाई सम्मान भएको, देश र जनताको सेवा गर्नका निम्ति आफूले उपयुक्त भूमिका पाएको वातावरण निर्माण गर्नुपर्छ’, उनले भने, ‘त्यसैले अहिले हामी संगठनात्मक एकीकरणको नीति बनाउने चरणमा छौँ।’

लोकप्रीय

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

विचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

थप समाचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..
ताजा समाचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने
ताजा समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.