एनसेलले बाँड्यो २५ लाखको छात्रवृत्ति

एनसेलले बाँड्यो २५ लाखको छात्रवृत्ति

१७ असार, विराटनगर ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले इन्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति वापत २५ लाख रुपैयाँ दिएको छ । एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीलाई आज ललितपुरमा एक कार्यक्रम गरी छात्रवृत्ति रकम वितरण गरेको हो ।

क्याम्पसका २५ जना उत्कृष्ट विद्यार्थीले जनही एक लाख रुपैयाँका दरले छात्रवृत्ति पाएका छन् । इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, सिभिल, यान्त्रिक र कम्प्युटर इन्जिनियरिङ गरी पाँच विषयमा विषयमा स्नातक तहका विभिन्न वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको एनसेलले जनाएको छ ।

एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको यो छैठौं पटक हो । उत्कृष्ट अंक ल्याएका कारण कतिपय विद्यार्थीले दोहो¥याएर छात्रवृत्ति पाएका छन् । कम्प्युटर इन्जिनियरिङतर्फ श्रीति श्रेष्ठले तीन वर्षसम्म लगातार छात्रवृत्ति पाएकी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.