×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

बंगलादेशलाई पराजित गर्दै भारत विश्वकपको सेमिफाईनलमा प्रवेश

१८ असार २०७६

एजेन्सी, असार १८
बंगलादेशलाई पराजित गर्दै भारत एकदिवसिय विश्कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।मंगलबार राती सम्पन्न खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाईनलमा प्रवेश गरेको हो । हारसँगै बंगलादेश भने प्रतियोगिताबाटै बाहिरिएको छ । ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा अल आउट हुँदै २ सय ८६ रनमा समेटियो ।

बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६६ रनको योगदान दिए । ३४ ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले दिनेश कात्तिकबाट क्याच आउट गराउनु अघि सकीबले ७४ बलमा ६ चौका प्रहार गरे । बंगलादेशले दशौं ओभरको तेस्रो बलमा तामिम इकवाललाई २२ रनमा गुमाएको थियो । उनलाई मोहम्मद सामीले बोल्ड आउट गरे । हार्दिक पान्ड्याले १६ ओभरको पहिलो बलमा अर्का ओपनर सौम्य सरकारलाई ३३ रनमा पेभिलिएन फर्काए ।

Advertisement
Advertisement

विराट कोहलीबाट क्याच आउट हुनुअघि सरकारले ३८ बलमा ४ चौका प्रहार गरे । बंगलादेशले निरन्तर विकेट गुमाउँदै गयो । युजभेन्द्र चहलले विकेटकीपर मुश्फिकुर रहिमलाई २४ रनमा सामीबाट क्याच आउट गराए । हार्दिक पान्ड्याले लिटन दासलाई २२ रनमा क्याच आउट गराएपछि बंगलादेशको जितको संभावना टाढिएको थियो । ३३ ओभरको दोस्रो बलमा जसप्रित बुमराहले मोसाद्धेक हसनलाई ३ रनमा बोल्ड आउट गर्दै भारतको दबदबा बायमै राखे ।

तल्लोक्रमका शब्बिर रहमान र मोहम्मद सैफुद्दीनले सातौ विकेटका लागि उत्कृष्ट ६६ रनको साझेदारी गर्दै पुन जितको संभावना देखाएका थिए । तर जसप्रित बुमराहले ४४ ओभरको पहिलो बलमा शब्बिरलाई ३६ रनमा बोल्ड आउट गरेपछि भारत खेलमा फर्किएको थियो । शब्बिरले ३६ बलमा ५ चौका प्रहार गरे ।
मोहम्मद सैफुद्दीन ३८ बलमा ९ चौका सहित ५१ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् ।

भारतका लागि जसप्रित बुमराहले १० ओभरमा १ मेडन सहित ५५ रन खर्चर ४ विकेट लिए । हार्दिक पान्ड्याले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । त्यस्तै मोहम्मद शामी,भुवनेश्वर कुमार र युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।


त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो भारतका लागि ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३० ओभरको दोस्रो बलमा सौम्य सरकारले लिटन दासबाट क्याच आउट गराउनु अघि रोहितले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । रोहितको जारी विश्वकपमा यो चौथो शतक हो । त्यस्तै रोहितको वान डे करियरको भने यो २६ औं शतक हो ।

पहिलो विकेटका लागि ओपनर रोहित र लोकेश राहुलले १ सय ८० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलतर्फ लम्काएका थिए । ३३ ओभरको चौथो बलमा रुवेल हसनले मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि राहुलले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रनको योगदान दिए ।

त्यस्तै कप्तान विराट कोहलीले २७ बलमा ३ चौका सहित २६ रन जोडे । विराटलाई ३९ ओभरको दोस्रो बलमा मुस्ताफिजुर रहमानले रुवेल हसनबाट क्याच आउट गराए । ऋषभ पन्तले ४१ बलमा ६ चौका र १ छक्का सहित ४८ रनको योगदान दिए ।

हार्दिक पान्ड्या डक आउट भए । महेन्द्रसिंह धोनी ३३ बलमा ४ चौका सहित रनमा ३५ मा क्याच आउट भए । दिनेश कात्तिक ८ र भुवनेश्वर कुमार २, र मोहम्मद सामीले १ रनको योगदान दिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडन सहित ५९ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै सकीब अल हसन,सौम्य सरकार र रुबेल हसनको नाममा समान १ विकेट रह्यो ।

Advertisement

यो जितसँगै भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । भारतले अन्तिम खेल श्रीलंकासँग ६ जुलाईमा खेल्ने छ । बंगलादेश ८ खेलमा ३ मा जित र ४ मा हारका साथ सातौं स्थानमा छ । बंगलादेशले अन्तिम खेल पाकिस्तानसँग ५ जुलाईमा खेल्ने छ।

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top