विराटनगर : बुधनगर–विराटनगर– कटहरी रेलमार्ग निर्माणको काममा लामो समयदेखि उत्पन्न मुआब्जाको विवाद समाधान नहुँदा अन्योलता बढ्दै गएको छ । मोरङको कटहरीका जग्गाधनीले मुआब्जाको विषयमा विरोध गरेपछि बुधनगर–विराटनगर– कटहरी रलमार्गमा दिनानुदिन अन्योलता बढेको हो ।
निर्माण सुरु भएदेखिको विवाद हालसम्म समाधान नहँदा १० वर्षअघि सुरु भएको रेल्वे निर्माणको कामले गति लिन नसकेको हो । भारत सरकारको सहयोगमा २०११ बाटै रेल्वे निर्माणको काम सुरु भएको थियो ।
भारतको सिमावर्ती रेल्वे स्टेशन बथनाहा– जोगबनीदेखि नेपालको बुधनगर हुँदै कटहरीसम्म साढे १८ किलोमिटर क्षेत्रमा जग्गाको मुआब्जा विवाद छ । जग्गाधनीहरुले सरकारले निर्धारण गरेको मुल्यांकनको आधारमा नभई चलनचल्तीको मुल्यमा मुआब्जा पाउनुपर्ने माग राख्दै आएकाले कामले गति लिन नसकेको बताईएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।