पशुपतिका मूर्ति गायब, कति कहाँ पुर्‍याइए कोषलाई नै थाहा छैन

पशुपतिका मूर्ति गायब, कति कहाँ पुर्‍याइए कोषलाई नै थाहा छैन

काठमाडौं  : ग्वलः अर्थात पौराणिक पशुपति क्षेत्र । नौवटा चोक, नौवटा डबली, नौवटा कुवा, नौवटा धारा, नौवटा इनार, नौवटा शक्तिपीठ, नौवटा क्षेत्रपाल, नौवटा पोखरी र नौवटा सम्प्रदायको संयोजनबाट बन्यो पशुपति क्षेत्र । गोलाकार भएका कारण यस क्षेत्रलाई लिच्छविकालअगाडि ग्वलः भनियो ।

पछिल्ला दशक पालैपालो ऐतिहासिक मूर्ति एवम् पुरात्विक महत्वका सम्पदा हराउन थालेका छन् । गोलाकार रुपमा फैलिएको पशुपतिको अस्तित्व खतरामा पर्न थालेको छ ।

पशुपति क्षेत्रबाट हराएका मूर्तिको यकिन विवरण कोषसँग छैन । हराएका मूर्तिबारे आधिकारिक जानकारी माग्दा कोषले दिन सकेन । ,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगाना र आकाश क्षेत्रीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.