आफन्तबाटै मारिए चार वर्षमा ६८४ जना

काठमाडौं :  आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ ।

नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले श्रीमान् र बाबुआमाले छोराछोरीदेखि छोराछोरी तथा छोराबुहारीले आमाबाबु तथा सासूससुरासम्मको हत्या गरेका छन् ।

तथ्यांकअनुसार पछिल्ला चार वर्षमा श्रीमानबाट २७५ जना श्रीमतीको हत्या भएको छ । यस्तै यसबीचमा श्रीमतीबाट ५८ जना श्रीमान् मारिएका छन् । यसैगरी बाबुआमाले मिलेर १५ जना सन्तानको हत्या गरेका छन् भने छोराले मात्रै विगत चार वर्षबीचमा ५३ जना आमाबाबुको हत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

Advertisement

यस्तै, छोराबुहारी मिलेर विगत चार वर्षका बीचमा ११ जना आमाबाबुको हत्या गरेको, छोरीले एक जनाको हत्या गरेको, आमाले ६२ जना नवजात शिुशुको हत्या गरेको, यस्तै, आमाले २४ जना वयस्क छोराछोरीको हत्या गरेको प्रहरीको विगत चार वर्षको तथ्यांकले देखाउँछ ।

यसैगरी, सौतेनी आमा र बाबुले विगत चार वर्षम चार जना सन्तानको हत्या गरेको, आफन्तले तीन जना ज्वाइँजेठानको हत्या गरेको, बाबुले एक्लै २२ जना छोराछोरीको हत्या गरेको तथा अन्य घरपरिवारका सदस्यअन्तर्गत ५१ जनाको हत्या भएको प्रहरी तथ्यांकले देखाएको छ। ,आजकाे राजधानी दैनिकमा समाचार छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top