एसीसी यू–१९ इस्टर्न रिजन : नेपाल र चीन भिँड्दै (प्रत्यक्ष प्रसारण)

एसीसी यू–१९ इस्टर्न रिजन : नेपाल र चीन भिँड्दै (प्रत्यक्ष प्रसारण)

एजेन्सी, असार १७
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन–२०१९ प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध पहिला बलिङ गर्ने भएको छ । किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको हो ।

तुलनात्मक रुपमा कमजोर चीनविरुद्ध नेपालले फराकिलो जित निकाल्न सक्ने अनुमान गरिएको छ । चीन पहिलो खेलमा मंगलबार सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो । उक्त खेलमा चिन २८ रनमा अलआउट भएको थियो ।

नेपालले आजको खेलमा राशिद खान,कुशल मल्ल र विशाल केसीलाई विश्राम दिएको छ । लेगस्पिनर तिलक भण्डारी र ब्याट्सम्यान खडक बोहराले यू१९ टोलीमा डेब्यू गरेका छन् ।

समुह ‘ए’ मा नेपाल,सिंगापुर र चीन छन् । नेपालको समुहबाट म्यानमारले नाम फिर्ता लिएको छ । समुह ‘बी’ मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया छन् ।

दुवै समूहका शीर्ष दुई टोलीले जुन ८ मा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा ९ जुलाईमा हुने छ । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू–१९ एसिया कपमा सहभागिता जनाउनेछ ।

नेपालको प्लेइङ ११ :
१.रोहित कुमार पौडेल (कप्तान)
२.पवन सरार्फ
३.कमलसिंह ऐरी
४.रित गौतम
५.हरि बहादुर चौहान
६. प्रतिश जिसी
७.तिलक भण्डारी
८.भिम सार्की
९. लोकेश बहादुर बम
१०. सागर ढकाल
११. खडक बहादुर बोहरा

https://www.facebook.com/154626727912800/videos/465349047556582/

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.