×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

एसीसी यू–१९ इस्टर्न रिजन : चीनलाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

१८ असार २०७६

एजेन्सी, असार १८
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन २०१९ मा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । चीनले समुह चरणका दुबै खेल हारेपछि समुह ए का नेपाल र सिंगापुर स्वत सेमिफाइनलमा प्रवेश गरेका हुन् । चीन मंगलबार सिंगापुरसँग ८ विकेटले पराजित भएको थियो ।

बुधबार चीनले प्रस्तुत गरेको ५४ रनको लक्ष्य नेपालले ५ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्यो । नेपालको सहज जितमा सिनियर टिमबाट खेलि सकेका ओपनर पवन सरार्फ २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । त्यस्तै रित गौतम १० बलमा १ चौका सहित रनमा १० नट आउट रहे ।

Advertisement
Advertisement

त्यसअघि किनारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा अल आउट हुँदै ५३ रनमा समेटियो । नेपालको घातक बलिङ सामु चीनका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

पहिलो विकेटका लागि लियाङ चेन र गौओ गाओले ६ ओभरमा १८ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी छैटौं ओभरको अन्तिम बलमा सागर ढकालले गाओलाई १३ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराउँदै तोडे । उनले २४ बलमा २ चौका प्रहार गरे । आगो आउट भएसँगै चीनको विकेट पतन सुरु भएको थियो । कुनै पनि ब्याट्सम्यान नेपाली बलरको कसिलो बलिङमा मैदानमा लामो समय टिक्न सकेनन् ।

सातौं ओभरको पाँचौ बलमा लियुगान वाङलाई कमलसिंह ऐरीले भिम सार्कीबाट क्याच गराउदै शून्यमा पेभिलएन फर्काए । सागरले आठौं ओभरको अन्तिम बलमा वेई गुओलीलाई २ रनमा स्टम्पिङ आउट गराए । यसै खेलबाट य–ू१९ टोलीमा डेब्यू गरेका तिलकराज भण्डारीले १५ ओभरको पहिलो बलमा झु येन फेङ्गलाई ४ रनमा बोल्ड आउट गरे । तिलकलेनै १७ ओभरको अन्तिम बलमा ओपनर लियाङ चेनलाई १३ रनमा विकेटकीपर हरि बहादुर चौहानबाट क्याच गराउँदै पेभिलिएन फर्काए । एयु क्विन युन डक,रुई होयु ३,झुओयई चेन २,तियान सने क्युन डक आउट भए ।

चीनलाई सस्तैमा रोक्न सागर ढकालले ९.१ ओभरमा ३ मेडन सहित १९ मात्रै रन खर्चेर ६ विकेट लिए । त्यस्तै तिलक राज भण्डारीले ७ ओभरमा ३ मेडन सहित १५ रन खर्चेर ३ विकेट हात पारे । कमलसिंह ऐरीको नाममा विकेट रह्यो ।

Advertisement

नेपालले दोस्रो खेल आगमी सिंगापुरसँग खेल्ने छ । सिंगापुर र नेपालबीचको नतिजाले समुह विजेता र उप विजेताको टुङ्गो लाग्ने छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top