सेल्फी खिच्ने क्रममा लडेर १ जनाको मृत्यु

सेल्फी खिच्ने क्रममा लडेर १ जनाको मृत्यु

१८ असार, सोलुखुम्बु।
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ३१ बर्षीय छिरिङ तेन्जीङ शेर्पाको लडेर मृत्यु भएको छ । अमेरीका बस्दै आएका शेर्पा डुम्जी पर्व मनाउन घर आएका बेला मंगलबार घुम्नको लागि गएका थिए ।

उनी पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यु नजिकै रहेको एनसेलको टावर छेउमा सेल्फी खिच्ने क्रममा लडेका थिए । उनलाई आफन्तले खोजतलाश गर्ने क्रममा आज बिहान ५ बजेको समयमा टावर भन्दा २५० मिटर तल क्याङजुजंगलमा मृत अवस्थामाफेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरी टोलीले कानूनी कारवाही प्रकृया तथा घटनाबारे थप अनुसन्धान कार्य गरिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.