१८ असार, धनकुटा ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ सान्नेमा मंगलबार राती २ घरमा आगलागी भएको छ ।
दिल बहादुर रायमाझीको घरमा रातको १० बजेको समयमा बिधुत सर्ट भई अचानक आगलागी हँुदा ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सामान, १ तोला सुनको ,५ तोला चाँदी, ८ वटा खसी, ८ वटा बाख्रा र ५० वटा कुखुरा जलेर पुर्ण रुपमा नष्ट हुँदा करिव साढे ९ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
साथै सोही स्थानमा रहेका उनको भाई नारायण रायमाझीको ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले घर, घरमा रहेको सम्पुर्ण सामान, नगद ५० हजार, सुनको गहना १ तोला, ५ तोला चाँदी, कुखुरा २० वटा समेत जलेर पुर्ण रुपमा नष्ट हुदा अन्दाजी ७ लाख १० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरी चौकी मारेकटहरेबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा आगो बुधबार बिहान ३ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।