राहुल गान्धीले दिए राजीनामा

राहुल गान्धीले दिए राजीनामा

१८ असार, भारत

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

उनले भर्खरै सम्पन्न लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिदै राजीनामा दिएको बताएका छन् । गान्धीले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन् । उनले ट्वीटमा अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् ।

राहुलले ‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ पत्रमा उल्लेख गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.