१९ असार, इटहरी ।
जबरजस्तीकरणी गरेको आरोपमा सुनसरीको ईटहरी उप–महानगरपालिका–६ बाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईटहरीको सेन्टर प्लाजामा रहेको सुवासा ईन्स्टिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका–९ का ३० बर्षीय सन्तोष बिष्टलाई ईलाका प्रहरी कार्यालय ईटहरीले बुधबार पक्राउ गरेको हो ।
विष्टले असार १६ गते सोमबार आफ्नै क्याबिनमा मोरङकै २२ बर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको भन्ने पिडीत युवतीको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । पक्राउ परेका बिष्टको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।