एसएलआर र ११० राउन्ड गोलीसहित संखुवासभाबाट एक जना पक्राउ

एसएलआर र ११० राउन्ड गोलीसहित संखुवासभाबाट एक जना पक्राउ

१९ असार, संखुवासभा ।
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बाट हातहतियार र गोलीगठ्ठासहित ओखलढुंगा चिशंखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटिएको प्रहरी टोलीलाई तामाङ सहितको टोलीले असार १६ गते बिहान करिब १० बजेको समयमा होयङ्ला भन्ने स्थानमा प्रहरीलाई लक्षित गरी गोली फायर गरेको थियो । प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दै खोज्ने क्रममा उनलाईं मंगलबार हातहतियारसहित पक्राउ गरेको हो ।

उनको साथबाट १ थान एसआरएल , ६५ राउण्ड गोली, १ थान म्यागजिन, र १३ थान खोका तथा २० राउण्ड एलएमजी राईफलको गोली, १ थान म्यागजिन, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड र १ थान मेमोरी कार्ड सहितको मोवाईल बरामद गरिएको हो ।

यसै गरी १ थान सिलिपिङ व्याग, १ थान पछाडी भिर्ने कालो रंगको झोला, १ थान कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताव, १ थान खाली डायरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.