१९ असार, काठमाडौँ ।
नेपाल आईडलका सेकेण्ड रनरअप सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ लिएर आएका छन् ।
काली प्रसाद बाँस्कोटाको शब्द सङ्गीत रहेको सो गीतको भिडियो सहित बिहीबार जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा सुमितसँगै शिक्षा सङ्ग्रौला फिचर्ड छिन् ।
भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन् भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । दर्शकको मन जित्न सफल मोडल संग्रौला राजधानीकै चर्चित फेसन सो क्लासिक डायमण्ड, टिजि आइ एफलगायतका प्रतियोतामा सहभागिता जनाउनुका साथै , लिरिल फ्रेस २०१४ की विजेता समेत भईसकेकी छिन् । उनले कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी छिन् ।