×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

जितविहीन हुँदै अफगानिस्तान विश्वकपबाट बाहिरियो

२० असार २०७६

एजेन्सी, असार २०
समुह चरणका सबै खेल हार्दै अफगानिस्तान इङ्ग्ल्याण्डमा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । अफगानस्तान बिहीबार आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएसँगै अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

अफगानिस्तान ९ खेलमा ९ पराजित हुँदै पुछारमा रहेर विश्वकप अन्त्य गरेको हो । त्यस्तै वेस्ट इन्डिज ९ खेलमा २ मा जित र ६ मा हारका साथ ५ अंक जोडै नवौंैं स्थानमा रहेर यस विश्वकप समाप्त गर्यो । एक खेल वर्षाको कारण रद्ध भएको थियो ।

Advertisement
Advertisement

३ सय १२ रनको विशाल लक्ष्य पक्ष्याएको अफगानिस्तान निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८८ रन मात्र बनाउन सक्यो ।अफगानिस्तानका लागि १८ वर्षिय युवा विकेटकीपर इकराम अलीखीलले सर्वा्धिक ८६ रनको योगदान दिए । ३६ ओभरको तेस्रो बलमा क्रिस गेलले एलबी डब्लू आउट गर्नु अघि इकरामले ९३ बलमा ८ चौका प्रहार गरे । त्यस्तै ओपनर रामत शाहले ६२ रनको योगदान दिए । २७ ओभरको दोस्रो बलमा कार्लोस वर्थवेटले क्रिस गेलबाट क्याच आउट गराउनु अघि रामतले ७८ बलमा १० चौका प्रहार गरे । दोस्रो विकेटका लागि रामत र इकरामले १ सय ३३ रनको साझेदारी गरेपनि मध्यक्रम तर तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा जित सम्भव भएन ।

अफगानिस्तानले दोस्रो ओभरको तेस्रो बलमै कप्तान गुलबदीन नाइबलाई ५ रनमा गुमाएको थियो । नजीबुउल्लाह जदरान ३१ रनमा रन आउट भए । केमर रोचले मोहम्मद नाबीलाई २ र शमीउल्लाह शिनवारीलाई ६ रनमाक्याच आउट गराएपछि अफगानिस्तान समस्यामा परेको थियो ।पुर्व कप्तान अस्गर अफगानले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । ४५ ओभरको दोस्रो बलमा अस्गरलाई कार्लोस बर्थवेटले कप्तान जोसन होल्डरबाट क्याच गराएपछि अफगानिस्तानको जितको संभावना सकिएको थियो । तल्लोक्रमका राशिद खान ९,दवालत जदरान १,सायद शिजायद २५ र मुजिब उर रहमानले ७ रनको योगदान दिए ।

वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले ९ ओभरमा ६३ रन खर्चेर ४ विकेट लिए । केमर रोचले १० ओभरमा २ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । क्रिस गेल र ओसन थोमसको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनायो । वेस्टइन्डिजका लागि युवा विकेटकीपर शाई होपले सर्वा्धिक ७७ रनको योगदान दिए । ३८ ओभरको चौथो बलमा मोहम्मद नाबीले राशिद खानबाट क्याच आउट गराउनु अघि होपले ९२ बलमा ६ चौका र २ छक्का प्रहार गरे । युवा ब्याट्सम्यान निकोलस पुरनले ४३ बलमा ६ चौका र १ छक्का सहित आक्रमक ५८ रनको योगदान दिए ।

अन्तिम ओभरको पहिलो बलमा कप्तान जोसन होल्डरसँग रन लिनेक्रममा तालमेल गर्न नसक्दा पुरन रन आउट हुन पुगे । त्यस्तै कप्तान जोसन होल्डरले तल्लोक्रममा आक्रमक ब्याटिङ गर्दै ३४ बलमा १ चौका र ४ छक्का सहित ४५ रनमा क्याच आउट भए । पाँचौ विकेटका लागि कप्तान होल्डर र पुरनले आक्रमक १ सय ५ रनको शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजले विशाल योगफल तयार पारेको हो ।

छैटौं ओभरको तेस्रो बमलमा दलात जदरानले ओपनर क्रिस गेललाई ७ रनमा क्याच आउट गराए । दोस्रो विकेटका लागि होप र इभिन लुईसले ८८ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको पाँचौ बलमा राशिद खानले मोहम्मद नाबीबाट लुईसलाई ५८ रनमा क्याच गराउदै तोडे । लुईसले ७८ बलमा ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिमरोन हिटमायरले ३१ बलमा २ छक्का र ३ चौका सहित ३९ रनमा क्याच आउट भए । कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौका सहित १४ रनमा अविजित रहे ।

Advertisement

अफगानिस्तानका लागि दवालत जदरानले सर्वा्धिक २ विकेट लिए । मोहम्मद नाबी, सईद शिरजÞाद र राशिद खानको नाममा १ विकेट रह्यो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top