खेलकुद मन्त्रीले राष्ट्रियसभामा सुनाए खेलकुदका योजना

२० असार, काठमाडौँ ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्र्तगत प्रस्तावित बजेटले खेल क्षेत्रको विविध चुनौतिको सामना गरि खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बोधन गर्दे उनले अन्तराष्ट्रिय पदक तालिकामा देशको स्तरलाई माथि उठाउने तथा खेलका विविध क्षेत्रको विकास र सम्मृद्धि लाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

उनले सबै प्रदेशमा अन्तराष्ट्रिय स्तरको सुविधायुक्त रंगशाला निर्माण गर्ने लक्ष्यका साथ अगाामी आर्थिक बर्षमा प्रदेश नम्बर २ को धनुषा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय रंगशाला निर्माणका लागि १० करोड विनियोजन गरिएको स्पष्ट पारे । उनले खेलकुद पर्यटनको विकास गर्न जुम्ला, लुक्ला, हेलम्बु, मनाङ र घान्द्रुकमा हाई अल्टिच्युट टे«निङ सेण्टर स्थापनाका लागि पनि बजेट विनियोजन गरिएको बताए ।

खेलाडीको उपचार तथा आकस्मिक दुर्घटना सहयोग, खेलाडी स्वास्थ्य विमा, दुर्घटना विमा र जीवनविमाको व्यवस्था गरिएकोले यसबाट खेलाडीहरु उत्प्रेरित हुने विश्वास उनले व्यक्त गरे । उनले काठमाण्डौ उपत्यकामा सुविधासम्पन्न अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने, सात वटै प्रदेशमा सेवा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने तथा ७ सय ५३ वटै स्थानीय तहमा दीर्घकालिन महत्वका खेल मैदान बनाउने उद्देश्य बजेटले लिएको बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top