×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

एसीसी यू–१९ इस्टर्न रिजन : नेपाल २ सय १७ रनले विजयी

२० असार २०७६

एजेन्सी, असार २०
मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ओपनर रित गौतमको शतक र कुशल मल्लको उत्कृष्ट अलराउण्डर प्रर्दशनसँगै सिंगापुरमाथि फराकिलो जित निकाल्दै नेपाल समुह ए को विजेता बनेको छ । नेपालले अव आगमी सोमबार समुह बी को उप विजेतासँग सेमिफाइनल खेल्ने छ ।

नेपालले दिएको ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९.१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । सिंगापुरको लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए । ३७ औं ओभरको अन्तिम बलमा कुशल मल्लले एलवी डब्लू आउट गर्नुअघि हरिले ६३ बलमा २ चौका प्रहार गरे । एक समय १९.३ ओभरमा ५०९६ को कमजोर अवस्थामा पुगेको सिंगापुरलाई साँतौ विकेटका लागि हरिले चन्द्रमौली श्रीदेवसँग ५२ रनको साझेदारी गर्दै हारको अन्तर घटाएका थिए । श्रीदेवले ५६ बलमा ३ चौका सहित २३ रनको योगदान दिए । अम्पायरले बल गन्तीमा गल्ति गरेपछि कुशलले ३७ औं ओभरमा सातौं बल समेत गर्दै लगातार विकेट लिएका थिए ।

Advertisement
Advertisement

ओपनर कन्नुसमी सतीशले २४को योगदान दिए । सागर ढकालले १५ ओभरको पाँचौ बलमा कप्तान रोहित कुमार पौडेलबाट क्याच गराउनु अघि उनले ५५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर शाईं हर्ष भेनुगोपाललाई राशिद खानले १ रनमा क्याच आउट गराए । भिनित मेहतालाई १६ ओभरको चौथो बलमा कुशल मल्लले ५ रनमा एलबी डब्लू आउट गरे । प्रमेश सिंहहाबी ३ रनमा आउट भए । सिंगापुरका ब्याट्सम्यानले ८ दोहोरो अंकमा रन छुन सकेनन् ।

नेपाललाई फराकिलो जित दिलाउन कुशल मल्लले ९ ओभरमा १ मेडन १४ रन खर्चेर ४विकेट हात पारे । त्यस्तै तिलक भण्डारीले २ ,राशिद खान र सागर ढकालले समान १ विकेट हात पारे ।

त्यसअघि शुक्रबार मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनायो । नेपालका लागि ओपनर रित गौतम १ सय ३७ बलमा १० चौका र १ छक्का सहित १ सय १५ रनमा अविजित रहे । रितले १ सय ३१ बलमा शतक पुरा गरेका थिए ।

तल्लोक्रममा कुशल मल्लले विश्फोटक ब्याटिङ गर्दै मात्रै २३ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहेपछि नेपालले विशाल योगफल तयार पार्न सफल भएको हो । कुशलले अन्तिम ओभरमा ४ चौका र १ छक्का सहित २२ रन बटुलेका थिए ।

त्यसअघि १५ औं ओभरको चौथो बलमा ओपनर पवन सरार्फ आउट भएसँगै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका खडक बहादुर बोहराले उत्कृष्ट ९० रनको महत्वपूर्ण योगदान दिए । ४० ओभरको पहिलो बलमा प्रनव सुदर्शन राजेश कृष्णनले एलबी डब्लू आउट गर्नु अघि खडकले ९० बलमा १२ चौका प्रहार गरे । दोस्रो विकेटका लागि खडक र रित गौतमले १ सय ३१ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपाल बलियो योगफलमा पुगेको थियो ।

Advertisement

नेपालका लागि ओपनर पवन सरार्फ ४५ रनमा आउट भए । १५ औं ओभरको चौथो बलमा भिनित चितेश मेहता क्याच गराउँनु अघि पवनले ४१ बलमा १० चौका प्रहार गरे । पवन र रितले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान रोहित कुमार पौडेल भने ७ रनमा क्याच आउट हुन पुगे ।डेब्यू गरेका विशाल बिक्रम केसी भने १ रनमा बोल्ड आउट भए । सिंगापुरका लागि प्रनव सुदर्शन राजेश कृष्णन र भिनित चितेश मेहताले समान २ विकेट लिए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top