×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

कामदारको स्वास्थ्य परीक्षणका लागि विराटनगरका अस्पताल छनोटमा परेनन्

२० असार २०७६

२० असार, विराटनगर ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसियाबाट प्राप्त भएको मापदण्ड पूरा गर्ने ९९ स्वास्थ्य संस्था छनोट गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य परीक्षणका लागि विराटनगरका तीन अस्पतालले आवेदन दिएपनि छनोटमा पर्न नसकेका हुन् । मन्त्रालयबाट खटिएका प्राविधिकसहितको टोलीले गरेको स्थलगत अनुगमन निरिक्षण प्रतिवेदनको आधारमा ती अस्पतालहरुमा मलेसिया सरकारबाट प्राप्त भएको मापदण्ड पूरा नभएको देखिएको उल्लेख गरिएको छ । कामदारको स्वास्थ्य परीक्षणका लागि विराटनगरका गोल्डेन अस्पताल, विराटनगर अस्पताल र म्याक्स इन्टरनेशनल हस्पिटलले आवेदन दिएको उल्लेख छ ।

Advertisement
Advertisement

मन्त्रालयले आवेदन दिएका २ सय ९० स्वास्थ्य संस्था मध्ये परीक्षणका लागि १ सय ३८ सस्थाले मात्रै मापदण्ड पूरा गरी अनुमति पाएको जनाएको छ । मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि यसअघि ३७ वटा स्वास्थ्य संस्थाको एकाधिकार थियो । श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको भन्दै ती संस्थालाई कारबाही गर्न निर्देशन दिएका थिए ।

मलेसियाले पठाएको मापदण्ड अनुसार नयाँ स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरिएको थियो । पहिलेको ३७ मध्ये अहिलेको नयाँ मापदण्डअनुसार ३६ वटा छनोट भएका छन् । नेपाल र मलेसियाबीच गएको कात्तिकमा भएको श्रम समझदारीमा मलेसियाले आफूले लैजाने कामदारका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको मापदण्ड आफैं बनाउने उल्लेख भए अनुसार नयाँ मापदण्ड पठाएको थियो ।

नेपाल र मलेसियाबीच भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ । तर मलेसियाको रोजगारी चाहिँ अझै खुलिसकेको छैन । दुवै देशको प्राविधिक समूहको बैठक छिटै मलेसियामा बस्ने निर्णय चाहिँ भैसकेको छ ।

Advertisement

 

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top