सतहमा प्रेरणाको दाइजाे मुद्दा : ‘मिसिल झिकाउन’ सर्वोच्चकाे आदेश

काठमाडाैँ : सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाराज्यलक्ष्मी देवी सिंहको मुद्दाको सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश दिएको छ । उनले काठमाडौंको छाउनीमा रहेको घर जग्गा दाइजोमा पाएको दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की रहेको संवैधानिक इजलासबाट ‘मिसिल झिकाउने’ आदेश भएको हो ।, याे खबर नयाँ पत्रिकामा छ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, उनका छोराहरू दीपेन्द्र र निराजनको नाममा भएको सम्पूर्ण सम्पती नेपाल ट्रस्ट मातहत रहने व्यवस्था छ । तर, सो घरजग्गा ट्रस्टको कार्यालयको भएको भन्दै सर्वोच्चले २१ पुस ०७३ मा फैसला गरेको थियो । फैसलाको पूर्णपाठ भने ०७४ चैतमा आएपछि ट्रस्ट कार्यालयले सो घर जग्गा खाली गराउन भन्दै सिंहलाई पटक–पटक ताकेता गरेकाे थियाे ।

पहिलो पटक सर्वोच्चले सिंहको पक्षमा फैसला गरेको थियो । छाउनीस्थित १५ रोपनी १ आना जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक प्रेरणाले २५ माघ ०७१ सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top