कटहरीमा हातेमालोका अभियान्ताले बनाए जेब्रा क्रसिङ

२१ असार ७६, शनिबार
Share this
749shares

२१ असार, विराटनगर ।
सरसफाई लगायत विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाईरहेको परिवर्तनका लागी हातेमालो कटहरी शाखाले स्थापनाको २५ औँ हप्तामा क्रसिङ निर्माण गरेको छ । ट्राफिक प्रहरीसहितको सहभागीतमा हातेमालोका अभियान्ताहरुले कटहरी वडा नम्बर २ र ३ को सिमानामा पर्ने कटहरी चौकमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

Advertisement

जेब्रा क्रसिङ निर्माण कार्यमा करिब ३५ जना अभियान्ताहरु सहभागी भएको जानकारी दिँदै हातेमालोको कटहरी शाखाका अध्यक्ष संजित शाहले अब हातेमालोले ट्राफिक प्रहरीको सहकार्यमा कटहरी गाउँपालिकाका हरेक मुख्य चौकमा जेब्रा क्रसिङ निर्माण गरिने बताए ।

Advertisement

हातेमालोले स्थापना देखि नै हप्ताको एक दिन हरेक शनिबार सरसफाई तथा विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top