आज नेपाल बन्द हुने भन्ने हल्ला मात्रै

२२ असार ७६, आइतबार
Share this
733shares

२२ असार, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी(नेकपा)ले आज असार २२ गते नेपाल बन्दको घोषणा आह्वान गरेको कुरा हल्ला मात्रै भएको प्रहरीले जनाएकोक छ। सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै असार २२ गते बन्दको घोषणा गरिएको विज्ञप्ती नक्कली हुनसक्ने देखिएको प्रहरीको भनाई छ ।

Advertisement

आज नेपाल बन्दको घोषणा गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएका भए पनि आधिकारिक जानकारी नभएको र यो हल्ला मात्रै भएको प्रहरीले जनाएको हो ।

नेकपाले पनि सञ्चार माध्यमले तथ्यहीन समाचार प्रचारप्रसार गरेको बताएको छ । नेकपाले भनेको छ ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top