२ बालिकामाथि बलात्कार : प्रहरीकै संलग्नतामा मिलापत्र

काठमाडाैं : बाँकेको कोहलपुरमा २ बालिकामाथि बलात्कार घटना प्रहरीकै संलग्नतामा मिलापत्र गरिएको पाइएको छ। कोहलपुर नगरपालिका–१५ का १३ र १५ वर्षीया बालिका गत बुधबार बलात्कारमा परेका थिए। उनीहरूलाई आरोपितले ४ लाख रुपैयाँ दिने गरी घटना गुपचुप राख्न दबाब दिएको बताइएको छ।

घटना मिलाउन ५० हजार रुपैयाँ तत्काल परिवारको जिम्मा लगाइएको र बाँकी रकम साउन १५ सम्म दिने कागज गरिएको छ । अहिले बालिका र परिवारले बलात्कार नभएको दाबी गरेका छन्। बालिकाले पहिला हातपातको प्रयास भएको बताएका थिए।,याे समाचार आजको कान्तिपुर दैनिकमा छ ।

पीडितमध्येकी एक बालिकाले भने अधिकारकर्मीसँग आफू बलात्कारमा परेको सुनाएकी थिइन्। उनका अनुसार दुवै जनालाई मूल सडकबाट अलगअलग ठाउँ लगिएको थियो।अधिकारकर्मी महिलासँग बालिकाले आफू बलात्कारमा परे पनि साथीलाई बलात्कार भएरनभएको थाहा नपाएको बताएकी थिइन्। ‘बलात्कारपीडितले आफूलाई दिसापिसाब गर्न पनि गाह्रो भएको सुनाइन्,’ अधिकारकर्मी ती महिलाले भनिन्।

Advertisement

गत बुधबार मोबाइल बिग्रेर बनाउन हल्दारपुर आएका ती बालिकालाई कोहलपुर–१५ का सुवास परियार र हरि परियारले नास्ता खान भनी होटलसम्म लगेका थिए। नास्ता खाने क्रममा एक बालिका बेहोस भएपछि उपचारका लागि कौस्लिया अस्पताल पुर्‍याए तर त्यहाँ उपचार नभएपछि दशबिघा लैजाने भन्दै बर्दियाको पचासामा लगी अलपत्र छाडेर भागेको बालिकाहरूले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top