विषादी परीक्षण रोक्न साताअघि नै भारतको ‘दबाबमूलक’ पत्र

२४ असार ७६, मंगलबार
Share this
771shares

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्न भारतको कुनै दबाब नआएको दाबी गरेको ठीक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले तरकारीमा विषादी परीक्षण नगर्नेसम्बन्धी कुनै पत्र नआएको दाबी गरेका थिए ।

Advertisement

जबकि काठमाडौंस्थित भारतीय दूतावासबाट परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरूमा सार्वजनिक भएको छ।

पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने अन्योल पैदा भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सोमबार पत्रकार सम्मेलनमार्फत यस प्रकरणमा ‘सचिवहरूले आफूलाई गुमराहमा राखे’ भन्ने अभिव्यक्ति दिनुले सरकारी निकायहरूबीचको समन्वयमाथि पनि संशय बढेको छ।

Advertisement

शनिबारको बैठकमा नेकपाका सांसदहरूले उक्त पत्रबारे सुइँको पाएर नै सरकार भारतसँग झुकेर विषादी परीक्षण रोकेको हो भन्ने प्रश्न गरेका थिए। जवाफमा ओलीले भनेका थिए, ‘कतै कसैको दबाबका आधारमा तरकारी र फलफूलको विषादी परीक्षणबाट सरकार पछि हटेको होइन। भारतबाट पत्र आयो रे। खोइ कसलाई पत्र आयो? कसले पढ्यो त्यो पत्र? मलाई थाहा छैन।’,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top