कांग्रेसको अवरोधपछि संसद बैठक सूचना टाँस गरी स्थगित

कांग्रेसको अवरोधपछि संसद बैठक सूचना टाँस गरी स्थगित

२४ असार, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी बुधबार १ बजे सम्मका लागि सारिएको छ ।

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दे कांग्रेस र राजपाका सांसदले नाराबाजी गर्दे रोष्टम घेरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

संघीय संसद सचिवालयले सूचना टाँसेर बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले २५ गते बुधबार १ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.