आमाले भैंसी बेचेपछि छोराले गरे आफ्नै आमाको हत्या

वीरगन्ज : पर्सामा एक युवकले आफूसँग सल्लाह नै नगरी घरको भैंसी बेचेको भन्दै आमाको हत्या गरेका छन् । वीरगन्ज महानगरपालिका २४ रामगढवाको नयाँबस्तीमा छोराले आफ्नै आमाको हत्या गरेका हुन् ।

Advertisement

नयाँबस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ।

भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement

धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्डुले सडकमा पुगेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ।,यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top