अघि बढ्यो रसुवागढीमा सुख्खा बन्दरगाह, ४० जना चिनियाँ प्राबिधिक आउँदै

२६ असार, काठमाडौँ ।

रसुवाको टिमुरेमा निर्माण हुने सुख्खा बन्दगाहको काम अघि बढेको छ । इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलका अनुसार निर्माण सामग्रीहरुको सूचि तयार भएर भन्सार छुट लगायतका प्रक्रिया अघि बढाउन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा पुर्याईएको छ । त्यस्तै, निर्माण कार्यमा संलग्न हुने ४० जना चिनियाँ प्राबिधिकहरुका लागि भिसा उपलब्ध गराउने प्रक्रिया पनि अघि बढीसकेको छ ।

‘समान ल्याउने सूची अर्थ मन्त्रालयमा पठाईसकेका छौं, चिनियाँ प्राविधिका लागि भिसाको प्रक्रिया पनि अघि बढिसकेको छ’, इन्टरमोडलका निर्देशक डंगोलले विकासन्युजसँग भने । निर्माणका उपयोग हुने उपकरणको आयात तातोपानी र रसुवागढी नाकाबाटै हुने पनि उनले बताए । सरकारले आगामी २ वर्षभित्रै टिमुरेको अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै टिमुरे बन्दरगाहले उच्च प्राथमिकता पाएको छ ।

Advertisement

चीन सरकारले शतप्रतिशत अनुदानमा निर्माण गरिदिने बन्दरगाहको लागत २ अर्ब रुपैंयाँ रहेको छ । सो बन्दरगाहको डिजाइन चीन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको हो ।

ड्राईपोर्टमा ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । ८ हेक्टर जमिनमा निर्माण हुने ड्राईपोर्टमा चिनियाँ लगानी र नेपाली निगरानी रहनेछ । अर्थात चीनले आफैं ड्राईपोर्टको निर्माण गरिदिनेछ भने नेपालले त्यसको गुणस्तर लगायतका प्राबिधिक पक्ष मात्रै हेर्नेछ । ड्राईपोर्टमा ५ हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, २०८० वर्ग्मिटरका २ वटा जाँचपास स्थल रहनेछ । ड्राईपोर्टले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी क्षेत्रफल ओगट्नेछ ।

Advertisement

स्थानीयको जमिन ५० करोड रुपैंयाँ मुआब्जा दिएर अधिग्रहण गरिएको थियो भने निकुञ्ज र अन्य सरकारी स्वामित्वका जमिन मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर उपलब्ध गराईएको थियो । टिमुरे ड्राईपोर्ट निर्माण भएपछि रसुवागढी नाकाबाट हुने नेपाली चीन व्यापारका लागि आगामी २० बर्षका लागि पुर्वाधारको समस्या नहुने गरि डिजाइन गरिएको दावी इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ ।(विकास न्युजबाट)

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top