×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौँमा भोका बाँदर भान्सामा पस्न थालेपछि

२६ असार २०७६

काठमाडौँ : बाँदरलाई व्यवस्था गरिएकोे मकै मानिसले खाएपछि राजधानी काठमाडौँको कतिपय ठाउँमा बाँदरले मानिसका लागि पस्केको भातको थाल खोस्न थालेको छ । पशुपति वरपर ज्यादती गर्ने बाँदर कहिलेकाँही सहरका अन्य ठाउँमा पनि पस्ने गरेका छन् ।

बाँदरले मानिसका भान्सामा पसेर बबन्डर मच्चाउन थालेका छन् । बाँदरलाई कहिल्यै यसो गर्नु नपरोस् भनेर पृथ्वीनारायण शाहका कपरदार भोटू पाँडेले बाँदरका लागि मकै उब्जाउ गर्न राखेको काठमाडौँकै ३१ रोपनी रानीखेत अभिलेखमा मात्र सीमित भएपछि बाँदरलाई पनि भान्सामा पसेर मानिसको भातको थालै खोस्नुपर्ने अवस्था आएको छ ।

Advertisement
Advertisement

यो दृष्टान्त बाल विकास व्यवसायी केन्द्र सिफलमा आश्रित अनाथ र भूकम्पपीडित बालबालिकाले टड्कारो रूपमा भोगिरहेका छन् । यहाँ बालबालिकाले खान तयार भएको पस्किएकै थालको भात बाँदरले खोसेर हैरान गरिरहेको छ । लुगा सुकाउन पनि नपाइने अवस्था छ । जुत्तामोजा च्यातेर खोसेर हैरान गर्छ । ‘‘आनन्दपूर्वक खेल्नबस्न नै पाइँदैन, यसो खेल्यो बाँदर झम्टन आइपुग्छ,’’ आश्रमका बालबालिका हैरान हुँदै भन्छन् । रातमा जस्तामाथि बाँदर उफ्रेर बालबालिकाको निद्रा पनि पुग्दैन । व्यवसायी केन्द्रमा आवासीयतर्फ ५२ जना बालबालिका बस्दैआएका छन् ।

केन्द्रका भान्से वेदप्रसाद गौतमका अनुसार भातको औसानीसम्म पनि हाल्न दिँदैन । बाँदरले कहिले त भातको खड्कुलो नै जुठो गरिदिन्छ । कहिले थालै घिसारेर लैजान्छ । लुगाफाटा सुकाउन र ढोका बाहिर जुत्तामोजा राख्न पनि हुँदैन दौडाइहाल्छ । भान्से गौतम थप्नुहुन्छ, ‘‘भूकम्पपीडित बालबालिका पनि यहाँ छन् । भूकम्पको पीडा बिर्साउँ भन्यो बाँदरको अर्को पीडा थपिएको छ । बाल संरक्षण केन्द्रा बसेका मध्ये २२ बालबालिका भूकम्पपीडित अनाथ र असहाय छन् ।
उहिल्यै ५१ जनासम्मको दरबन्दी थियो, अहिले टुहुरा र पीडित गरी ११० बालबालिका यहाँ छन्, आवासीयतर्फ ५२ जना छन् । केन्द्र प्रमुख दानबहादुर बस्नेतका अनुसार बाँदर नजिकैको भण्डारखाल जङ्गलबाट भित्रन्छ । खान, बस्न, खेल्न र सुत्न नै दिँदैन बालबालिकालाई झम्टौँला जसो गरी तर्साइरहन्छ । केन्द्रसँगै जोडिएको बाल विकास केन्द्र माविमा पनि बाँदरको उपद्रवले हैरान गरेको छ ।

विद्यालयका कोअर्डिनेटर दीपक भुसाल भन्नुहुन्छ, ‘‘बाँदरले झम्टन आउँछ, विद्यार्थीलाई खाजा खान पनि दिँदैन खोस्न आइहाल्छ, कक्षाकोठाको झ्यालबाट हात पसाएर बाँदरले ख्याउ गर्न आउँछ । ’’ विद्यालयमा अध्ययनरत ३६० विद्यार्थीको विद्यालय परिसर प्रवेशको पहिलो चिन्ताको विषय नै आज बाँदरले के उपद्रव गर्ने हो भन्ने नै छ ।  यस्तै, त्रिपुरेश्वरमा पनि बाँदरले जोगीको अखडामा पसेर बस्नखान दिँदैन उदासी अखडाका महन्थ पुष्पदास महाराज भन्नुहुन्छ, ‘‘ राखनधरन केही गर्न पाइन्न, बाँदरले हैरानै पार्छ । ’’

Advertisement

यहीँको राममन्दिर अखडाकी माता सावित्रीले पनि बाँदर भान्सामा पसिदेला भनेर सधैँ तर्सिरहनु परेको बताउनुहुन्छ, फलफूल खानेकुरा त लुकाएरै राख्नुपर्छ ।
इतिहासविद् डा. गोविन्द टन्डनका अनुसार बाँदरको लागि मकै परेवालाई चारो, माछाका लागि पिठो र कुकुर र गाईसाँढेलाई खान दिन दाताले मकै, पिठो, नुनका लागि आयस्ताबापत खेत राखिदिएका थिए तर ती खेत अमानतमा गए । भएका गुठी कर्मचारी मातहत गयो । खरिदार सुब्बा सेक्सन अफिसरले ठाउँठाउँमा बाँदरलाई मकै बाँड्दै हिँड्ने कुरो पनि रहेन । यी गुठी लोप भए बाँदर मात्र हैन अन्य दोपाया चौपाया पनि भोकै पर्न थाले, समाजमा यसको प्रभाव दूरगामी प¥यो ।,यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top