छोरीमात्र जन्माए एक लाख रुपैयाँ र निशुल्क शिक्षा !

२५ असार ७६, बिहीबार

२६ असार, कालीकोट ।

Advertisement

कर्णाली प्रदेशको खाँडचक्र नगरपालिकाले छोरी मात्रै जन्माएर स्थायी बन्ध्याकरण गर्ने अभिभावकलाई एक लाख रुपैयाँ पुरस्कार दिने बताएको छ।साथै नगरपालिकाले ती छोरीहरूको विद्यालय पढाइको सम्पूर्ण खर्च पनि बेहोर्ने जनाएको छ।

कालीकोटको नगरपालिकाले सो प्रोत्साहन एक वा दुई छोरीका अभिभावकलाई मात्रै स्थायी बन्ध्याकरणको प्रमाणपत्र पेश गरेपछि दिनेछ। नगरपालिकाकी उपप्रमुख विजया विष्ट भन्छिन्, ‘छोरीहरू जोगाउन नै गाह्रो भयो, त्यसैले यस्तो कार्यक्रम ल्याएका हौँ।’

Advertisement

उनको नगरपालिकामा पुत्र मोहले जरो गाढेको विष्ट बताउँछिन्। विष्ट भन्छिन्स् ‘अंश खाने र बुढेस कालमा पाल्ने छोरा नै हो, छोरी अर्काकी घरमा जान्छिन् भन्ने मानसिकताले गर्दा छोराको चाहनामा धेरै सन्तान पाउने र पछिल्लो समय भ्रूणहत्या पनि हुन थालेको छ।,त्यसैले हामीले बाध्य भएर यस्तो कार्यक्रम ल्याएका हौँ।’

विष्टले छोराको चाहनामा २३ पटकसम्म सन्तान जन्माएकी महिलालाई अस्पतालमा भेटेको स्मरण गर्दै भनिन्स् ‘छोरी पनि छोरा सरह हुन् भन्ने बुझाउन कार्यक्रमा ल्याइएको हो।’

Advertisement

यस्तो सोचलाई तुरून्तै परिवर्तन गर्न नसकिने भएपनि त्यसतर्फ प्रेरित गर्ने मनसायले कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ। (बीबीसी नेपालीबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top