अस्पतालबाटै नवजात शिशु चोरी, नन्द-भाउजु पक्राउ

२६ असार, इटहरी ।
सुनसरीको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहीवार पक्राउ गरेको छ । शिशु चोरी गर्ने धरान–५ देवी गाउँ बस्ने २७ वर्षीया लीला बिश्वकर्मा र उनकी भाउजु नाता पर्ने धरान–१५ बगरकोट बस्ने ४२ वर्षीया मिना लिम्बु(विश्वकर्मा)लाई प्रहरीले पक्राउ गरेको हो ।

भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहतालाई सुत्केरी व्यथा लागेर गत असार १० गते वि.पी. प्रतिष्ठान धरान लगिएकोमा १३ गते शिशुलाई जन्म दिए पश्चात आमा र शिशुको सोही अस्पतालको गाईनोवार्डमा राखि उपचार भईरहेको बेला राती करिब साढे १२ बजेको समयमा विरामी कुरुवाले शिशुलाई नदेखे पछि खोजी गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको खोजतलास गर्ने क्रममा केही दिन अगाडी अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी लीला विश्वकर्माले शिशुलाई चोरी गरी मीना लिम्बुको घरमा लुकाईराखेको अवस्थामा बिहीबार बिहान फेला इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फेला पारेको हो ।

Advertisement

नवजात शिशुको उद्धार गरि परिवारको जिम्मा लगाईएको छ भने चोरी गर्ने दुवै जनालाई नियन्त्रणमा लिईएको छ । पक्राउ परेका दुवैजनालाई शरीर बन्धक सम्बन्धि मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top