मार्केटिङ एक्सिलेन्स कम्पिटिसनमा विराटनगरको जेनिथ उत्कृष्ट

२६ असार ७६, शुक्रबार

२७ असार, विराटनगर ।
वल्र्डलिंक कम्युनिकेशनले काठमाडौंमा आयोजना गरेको ‘मार्केटिङ एक्सिलेन्स कम्पिटिसन २०१९’ मा विराटनगरको जेनिथ इन्टरनेशनल कलेज फस्ट रनरअप भएको छ । जेनिथले नेपालभरिका कलेजलाई उछिन्दै मार्केटिङ एक्सिलेन्स अवार्डमा फस्ट रनरअपको उपाधि हात पारेको हो । जेनिथले उपाधिसहित एक लाख रूपैयाँ जितेको छ ।

विद्यार्थीहरूले बजारमा चलिरहेका इन्टरनेट कम्पनी र उनीहरूले बेच्दै आएका विभिन्न ब्रोडब्याण्ड प्याकेजहरूको प्रभावकारिता अध्ययन गरी नयाँ प्याकेजहरू निर्माण गरेका थिए । बाणिज्य संकायमा अध्ययन गर्ने उनीहरूले तल्लो तहमा गएर बजार व्यवस्थापनको वास्तविकता अध्ययन गरेका थिए ।

बजारमा कस्तो इन्टरनेट चलिरहेको छ र कस्ता उत्पादन विक्री हुन सक्छन भन्ने अध्ययन गरी प्रतिस्पर्धामा भाग लिएको विद्यार्थी स्वेता श्रेष्ठ मास्केले बताइन । उनले आफ्नो समूहले तयार पारेको प्रतिवेदनका आधारमा फस्ट रनरअपको उपाधि प्राप्त गरेको जानकारी दिइन ।

प्रतियोगितामा नेपालभरिका २० वटा कलेजमध्ये फाइनलका लागि ८ वटा कलेजले प्रतिस्पर्धा गरेकोमा काठमाडौं बाहिरका मात्रै १२ वटा कलेज छानिएका थिए । प्रदेश १ मा जेनिथसहित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । विराटनगरको १९ वटै वडामा रहेका इन्टरनेट प्रयोगकर्तालाई भेटेर तयार पारेको प्रतिवेदन तनुज र स्वेतासहित सिद्धार्थ पोद्दार, सोनम यादव र राजु गुप्ताले समूह बनाएर प्रस्तुत गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top