धार्मिक युवा समाज विराटनगरले गरायो बाढी पीडितसहित एक सय परिवारलाई भोजन

धार्मिक युवा समाज विराटनगरले गरायो बाढी पीडितसहित एक सय परिवारलाई भोजन

२८ असार, विराटनगर ।
धार्मिक युवा समाज विराटनगरले बाढी पीडितलाई भोजन गराएको छ । समाजले विराटनगर–१ पोखरियास्थित जिल्ला प्रहरी कार्यालय छेउको खुला चौरमा पाल टांगेर आश्रय लिएका बाढी पीडितलाई भोजन गराएको हो । सो ठांउको शिविरमा आश्रय लिएका ४० परिवार र जिल्ला प्रहरी कार्यालय उत्तरतर्फ आश्रय लिएका बिजयपुर टोलका ६० परिवार समेत गरेर १ सय परिवारलाई भोजन गराइएको धार्मिक युवा समाजका अध्यक्ष रिचर्ड गौतमले जानकारी दिए ।

बिहीबार राति आएको बाढीका कारण सुकुम्बासी परिवारले भारी क्षति बेहोर्नुपरेको र उनीहरुको खाद्यान्न तथा भाँडाकँुडा समेत बगेर गएकाले समाजको तर्फबाट भोजनको प्रबन्ध गरिएको समाजका सचिव अमित चौधरीले बताए । विराटनगर–१ मा ४ सय परिवार बाढीबाट प्रभावित भएको उनको भनाई छ । सो क्षेत्रमा छिट्टै निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गर्ने धार्मिक युवा समाजले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.