बाढीपीडितलाई राहत : दुई दिनमा दुई पोका भुजा

बाढीपीडितलाई राहत : दुई दिनमा दुई पोका भुजा

विराटनगर : केही दिनदेखि आएको बाढीले डुवानमा परेका पीडितहरुले अझै राहत नपाएको बताएका छन् । अविरल वर्षासँगै आएको बाढीले घर डुबानमा परेको बेला हालसम्म दुई पोका चिउरा र भुजामात्र पाएको बताएका छन् ।

विराटनगर महानगरपालिका– १२ का बाढीले डुवानमा परेका पीडितहरुले विगत चारदिनदेखि घरमा पानी पसेर बाहिर बसेपनि राहतको नाममा हालसम्म दुईदिनदेखि भुजा र चिउराको पोका मात्र पाएको बताएका हुन् ।

सो वडाको दरैयाथान चौकको गंगा राजवंशीले दुईदिनदेखि भुजा र चिउरामात्र राहत पाएको बताईन् । उनले अहिलेपनि घरमा पानी बगिरहेकाले घर अगाडि रहेको धामी धमिएन मन्दिरको प्राङ्गणमा बसेको बताईन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.