×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

भोटे कुकुर: जसको मूल्य विश्वबजारमा १५ लाख अमेरिकी डलरसम्म्म पर्छ

३१ असार २०७६

३१ असार, कास्की ।

सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ ।

Advertisement
Advertisement

कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ ।

विश्वमा नै अन्य कुकुरभन्दा विशिष्ट स्वरको धनी मानिने भोटे कुकुर साहसीमात्र नभई इमान्दार मानिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले त्यही भोटे कुकुर संरक्षणका लागि समुदायलाई अभिप्रेरित गर्ने गरी प्रयास थालेको छ ।

लोप हुँदै गएको भोटे कुकुर संरक्षण गर्ने योजनालाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सो कार्यका लागि रु दुई लाख विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय रुपमा नै रुचाइएको भोटे कुकुर लोप हुन थालेपछि संरक्षण योजना अघि सारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

‘भोटे कुकुर विश्वमा नै लोकप्रीय कुकुर हो, यो विशेष गरी अन्नपूर्ण गाउँपालिकाको दाङ्सिङ र घान्द्रुकमा पाइन्छ,’ उनले भने, ‘शक्तिशाली, निडर एवं आज्ञाकारी गुणयुक्त यस कुकुरको बजारमा माग समेत अत्यधिक बढ्दै गएको छ ।’

नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मङ्गोलियामा पाइने यो जातको कुकुर ठूलो टाउको र अजङ्को जीउ हुने गरेको छ । यो रिसाहा र आक्रामक स्वभावको कुकुर पनि हो । अति इमान्दार र बफादार स्वभावको हुने भएकाले भोटेकुकुर विश्वमै विशिष्ट ठहरिएको कुकुर विशेषज्ञ बताउँछन् । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक हुन्छ तर, मागअनुसार पूर्ति भने हुन सकिरहेको छैन ।

नेपालबाहिर एउटै छाउरा÷छाउरीको कम्तीमा पनि एक हजार २०० अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर रहेको बताइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमका साथै बजेटमा संरक्षणको विषय उल्लेख गरेसँगै भोटेकुकुरले सञ्चारमाध्यममा चर्चा पाएपछि यसको माग अझै बढेको स्थानीयवासी बताउँछन् । सामान्यतः अन्य कुकुरले मासु खाने भए पनि यो कुकुरले भने मासु नभई कोदाको खोले खाने गरेको स्थानीयवासी बताउँछन् ।

बजार माग बढेसँगै सामुदायिक रुपमा नै भोटे कुकुरको उत्पादन बढाउने सोचका साथ समूहगत उत्पादनलाई प्रोत्साहित गरिने अधिकृत पौडेलले जानकारी दिए । यही साउन महिनादेखि नै उत्पादन केन्द्रित भई अनुदान सहयोग एवं प्रोत्साहनमूलक कार्यक्रम अघि बढाइने उनको भनाइ छ ।

पछिल्ला दिनमा अन्नपूर्ण क्षेत्रमा भोटे कुकुरका छाउरा रु ५० हजारदेखि एक लाखसम्ममा किन्ने गरी माग आउने गरेको पौडेलले जानकारी दिए । उत्पादन बढाएसँगै यसले स्थानीवासीको आयआर्जनमा समेत महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।

अन्नपूर्ण क्षेत्रमा पहिले पहिले ठूलो सङ्ख्यामा भोटे कुकुर पाइने गरे पनि पछिल्ला वर्षमा हराउँदै गएको गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । विशेष गरी लेकाली क्षेत्रमा भेडी गोठ एवं पशु चौपायाको संरक्षणका लागि पुस्तौँ अघिदेखि भोटे कुकुर पाल्ने गरिएको उनले जानकारी दिए ।

‘भोटे कुकुर सामान्यतः बाघ, चितुवालगायतका जङ्गली जनावरसँग पनि डराउँदैन’, उनले भने, ‘यिनै कुकुरले भेडी गोठमा पालिएका भेडा दिनभर खर्कमा र रातमा गोठमा हेरचाह गर्ने गर्दछन् ।’ शरीर पनि ठूलो हुने लडाकू स्वभावको भोटे कुकुरको जस्तो आवाज विश्वका अन्य कुनै पनि जातका कुकुरमा नपाइने बताइन्छ ।

अन्नपूर्ण गाउँपालिकामा पुख्र्यौली भेडापालन गर्दै आएका गुरुङले यी कुकुरले भेडी गोठमा जङ्गली जनावरका साथै अन्य बाहिरी व्यक्ति जो कोही आए पनि छिर्न नदिने गरेको अनुभव सुनाए । सामान्य तालीमका भरमा पनि ठूला जिम्मेवारी बहन गर्ने भएकाले भोटे कुकुरलाई बौद्धिक रुपमा पनि राम्रो मानिन्छ । हिमाली क्षेत्रमा अत्यधिक हिउँ परेका ठाउँमा समेत जान सक्ने यस कुकुरको संरक्षणलाई गाउँपालिकाले चासो दिनु आफैँमा महत्वपूर्ण कदम भएको उनले बताए ।

‘भोटे कुकुर अन्नपूर्ण क्षेत्रको विशिष्ट पहिचानका रुपमा रहेको छ’, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने, ‘यसको संरक्षणमा स्थानीयवासीको जागरुकता अपरिहार्य छ ।’

Advertisement

भोटे कुकुर संरक्षण गर्न क्याम्पनै सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिका अध्यक्ष कुँवरले अन्तर्राष्ट्रियरुपमै लोकप्रिय भोटे कुकुर गाउँपालिकामा पनि घटिरहेको अवस्थामा आफूहरुले संरक्षण गर्ने नीति लिएको बताए । ‘गाउँपालिकाभरि अनुमानित १५० भोटे जातका कुकुर रहेको छ’, उनले भने, ‘नीति तथा कार्यक्रम नै समावेश गरेर अहिले ती कुकुरका अद्यावधिक लागतसमेत तयार पार्दैछौँ ।’ रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top