मोरङका २७ हजयात्री साउदीका लागि उडे

३१ असार, विराटनगर ।

Advertisement

मोरङबाट यसबर्ष २७ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन् ।

काठमाडौबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई मंगलबार विराटनगरबाट विदाई गरिएको छ । नेपाल मुस्लिम युथ कमिटिले सम्मान तथा विदाई कार्यक्रमको आयोजनागर्दै हजयात्रीलाई विदाई गरेको हो । मोरङबाट १५ पुरुष र १२ जना महिलागरि २७ जना हजयात्री साउदी अरब जान काठमाडौ गएका छन् । साउन ३ गते मोरंङका हजयात्रीले त्यहांबाट प्रस्थान गर्ने तालिका छ । यसपटक झापाबाट ५ जना र सुनसरीबाट २ सय १० जना हजगर्न जादैछन । हजयात्रीलाई गृह मन्त्रालय मातहतको हज समितिले प्रबिधि संयोजन गरिरहेको छ । देशभरिबाट यसबर्ष १५ सय ब्यक्तिले यसपटक हजगर्ने भएका छन् । यो अहिलेसम्मकै सबभन्दा बढी संख्या रहेको नेपाल मुस्लिम युथ कमिटिका सचिव इमाम हैदरले जानकारी दिए । ४० दिने हज यात्राको दौरान प्रत्येक हजयात्रीले २ लाख ३० हजार खर्च बेहोर्नपर्ने उनले बताए ।

Advertisement

इस्लामधर्मका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । प्रत्येक मुसलमानको जीवनसंग हज धार्मिक एवम् ठूलो पुण्यप्राप्ति हुने, जीवनको सफलतासंग गांसिएको हुन्छ । हजयात्रामा गएका तीर्थालुहरुले बकर इदको दुईदिन अगाडि साउदी अरबको मक्कादेखि पांच किलोमिटर पूर्वको मीना मैदानमा भेला भएर इद–अल–अधा पर्व मनाउंछन् भने बांकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज एवम् प्रार्थना गरी हज मनाउंछन । हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top