लायन्सका डिस्ट्रीक गभर्नर इन्द्र खत्रीको विराटनगरमा भब्य स्वागत

लायन्सका डिस्ट्रीक गभर्नर इन्द्र खत्रीको विराटनगरमा भब्य स्वागत

३१ असार,विराटनगर ।
लायन्स क्लब ३२५ ए वानका नवनिर्वाचित डिस्ट्रीक गर्भनर इन्द्र खत्री ‘राजन’लाई विराटनगरमा भब्य स्वागत गरिएको छ । इटलीको मिलानमा सपथ ग्रहण गरेर विराटनगर आएका डिस्ट्रीक गर्भनर राजनलाई लायन्स क्लबका २ सय बढी भातृ संस्थाहरुले मंगलबार विराटनगर विमानस्थलमा भब्य स्वागत गरेका हुन् ।

गएको चैत महिना काठमाण्डौस्थित प्रज्ञा भवनमा भएको डिस्ट्रीकको सातौं महाधिवेशनबाट उनी डिस्ट्रीक गर्भनरमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि असार २० गते इटलीको मिलानमा उनले सपथ लिएका थिए । मिलानमा उनलाई लायन्स क्लबका अन्तर्राष्ट्रिय प्रेसीडेन्ट कोरीयन नागरीक चोयले कार्यकालको सपथ ग्रहण गराएको लायन्स क्लब ३२५ ए वानका भाइस डिस्ट्रीक गर्भनर रेबतबहादुर कार्कीले जानकारी दिए ।

विराटनगर विमानस्थलमा डिस्ट्रीक गर्भनर राजनले आउँदो १० दिनभित्र बैठक बसी आफ्नो कार्यकालको सेवा मुलक कार्यहरुको सुचि सार्वजनिक गर्ने बताए । पूर्वबाट डिस्ट्रीक गर्भनर निर्वाचित हुने उनी चौथो ब्यक्ति हुन् । यसअघि फुलकुमार लालवानी,भिम घिमिरे र लिला ढुंगेल एवानको डिस्ट्रीक गर्भनर भएर कार्य सम्पादन गरिसकेका छन् । राजनको २०१९ जुलाई १ बाट जुन ३० सम्मको एक बर्षे कार्यकाल रहेको जनाइएको छ । देशभरका १२ सय लायन्स क्लबहरुमा ३२ हजार सदस्य आबद्ध छन भने मोरङमा २ सय २२ वटा क्लबहरुमा ६ हजार २ सय सदस्य आबद्ध रहेका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.