दुग्ध विकास संस्थानले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्छ : मन्त्री खनाल

३१ असार ७६, बुधबार

१ साउन, काठमाडौँ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराएका छन् । मन्त्री खनालले गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्पष्ट पारे ।

उनले ‘डेट एक्पाएर’ भएका आयातित बस्तुहरु उपभोक्ताले प्रयोग गर्नु परिरहेका बेला गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्मरण गराए । त्यसका लागि दुग्ध विकास संस्थानले आफूलाई विश्वबजारमा मै प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने मन्त्री खनालको भनाई छ ।

दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा जोड दिनुको विकल्प नरहेको उल्लेख गरे । उनले संस्थानले उत्पादन गरेको डिडिसी दुधको बजार राम्रो रहेको उल्लेख गर्दै त्यसलाई पनि अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

Advertisement

मन्त्री खनालले संस्थानलाई घाटामा लैजाने चिन्तनलाई परास्त गरेर अघि बढ्ने दृढता पनि व्यक्त गरे । उनले दुग्ध विकास संस्थानलाई किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने चेतावनी पनि दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top