१ साउन, काठमाडौँ ।
चलचित्र ‘द डार्क एण्ड लाइट’को अफिसियल ट्रेलर र गीत सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर र गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा एक्सन र बदलालाई प्राथमिकता दिइएको छ भने निर्देशक अभिनेता पिटर खालिङले ‘डार्क एण्ड लाइट’ हरेक व्यक्तिको जीवनमा मेल खाने चलचित्र बनेको बताएका छन् । खेलाडी शेसुका राईलाई ट्रेलरममा एक्सन अवतारमा देखाइएको छ । चलचित्र भदौ ६ गते सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
त्यस्तै चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको सङ्गीत तथा डेविड शङ्कर र सरस्वती भुजेलको स्वर रहेको छ । खालिङ सिस्टर्स मूभिज प्रा।लिई।को ब्यानरमा निर्माण भएको चलचित्रको कथा, पटकथा तथा संवाद पिटर खालिङ राईले लेखेका हुन् ।
पिटर र स्वरस्वतीको संयुक्त लगानीमा तयार भएको चलचित्रलाई राजु अर्यालले निर्देशन गरेका हुन् । चलचित्रमा पिटर खालिङ, सरस्वती भुजेल, शेसुका राई, मरिष्का पोखरेल, मनिल तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।









