नुवाकोट : चेलीबेटी बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङले सफाइ पाएका छन्।
तत्कालीन नुवाकोट अदालतका जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले वडाध्यक्ष तामाङलाई ३७ वर्ष ६ महिना कैद सजाय र दुई लाख ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। कैद जीवन बिताइरहेका वडाध्यक्ष तामाङलाई उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो।
उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रसाद केसीको संयुक्त इजलासले गएको असार ३० गते सोमबार ‘प्रतिवादी सुनबहादुर तामाङलाई कसूरदार कायम गरी सजाय गरेको सुरु नुवाकोट जिल्ला अदालतको ७ चैत ०७४ को फैसला मिलेको नदेखिँदा सफाइ पाउने ठहर्छ,’ भनी सफाइ दिएको छ।,नागरिक दैनिकमा खबर छ।