×

NEPAL TIMES UPDATES

Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026

नेपाल वायुसेवा निगमले भूमिस्थ सेवालाई थप स्तरीय बनाउँदै

२ श्रावण २०७६

२ साउन, काठमाडौँ  ।

अन्तरराष्ट्रियस्तरको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलीङ) प्रदान गर्दै आइरहेको नेपाल वायुसेवा निगमले आफ्नो सेवालाई थपस्तरीय बनाइएको जनाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भूमिस्थ सेवालाई थप गुणस्तरीय र सुरक्षित बनाउन विभिन्न उपकरण खरीदका साथै उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरिने जनाएको हो ।

Advertisement
Advertisement

“निगमसँग भएका स्रोतसाधनलाई उच्चतम प्रयोग गर्ने र अपुग स्रोत साधन खरीद गरी आफ्नो सेवालाई सदा झैँ गुणस्तरीय र सुरक्षित बनाउने उद्देश्यसाथ आक्रामक ढङ्गले भूमिस्थ सेवाका लागि विभिन्न उपकरण खरीद गर्ने प्रक्रिया अगाडि बढाइएको छ । पहिलो चरणमा यात्रु तथा चालक दलका सदस्य बोक्ने चार वटा ‘र्याम्प’ बस खरीदको प्रक्रिया अगाडि बढाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।

ती बस आएपछि ‘बिजनेस क्लास’ र चालक दलका सदस्यले छुट्टै बसको सुविधा पाउने तथा अरु यात्रुलाई पनि थप सुविधा मिल्नेछ । साथै यही हप्ताभित्र विशिष्ट तथा अति विशिष्ट व्यक्तिका लागि नयाँ र्याम्प कोच सञ्चालनमा ल्याइने निगमले जनाएको छ ।

निगमले अन्तरराष्ट्रिय वायुसेवा प्रदायक कम्पनीलाई प्रदान गर्दै आएको भूमिस्थ सेवालाई सुरक्षित र गुणस्तरीय छ भनी इन्टरनेशनल एअर ट्रान्सपोर्ट एशोसियसन (आयटा)ले प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ ।

भूमिस्थ सेवामा प्रयोग भएका तर अहिले पुराना भई उपयोगमा आउन नसक्ने उपकरणलाई लिलाम प्रक्रियाद्वारा विस्थापन गरिएको र त्यसबापत निगमलाई ३२ लाख ६४ हजार ४४४ रुपैयाँ आम्दानी भएको छ । पुरानालाई विस्थापित गर्दै नयाँ प्रविधियुक्त थप उपकरण जस्तै टोबार लेस ट्रयाक्टर, कन्टेनर डली, प्यालेट डली, इलेक्ट्रिक फकलिफ्ट, ग्राउण्ड पावर युनिट आदि खरीद प्रक्रिया अघि बढिसकेको निगमले उल्लेख गरेको छ ।

सम्पूर्ण उपकरण आएका मापदण्ड पूरा गरेका हुनाले सेवा पनि चुस्त र दुरुस्त हुने निगमको विश्वास छ । सीता लोड कन्ट्रोल सिस्टमअन्तर्गत यात्रुको व्यागेज ट्रयाकिङ प्रणालीको स्तरोन्नति गरिएको छ । यसबाट निगमको उडानमा यात्रा गर्ने यात्रुको व्यागेज थप व्यवस्थित किसिमले ह्याण्डलिङ गर्न मद्दत पुगेको छ ।

Advertisement

निगमले आन्तरिक उडानका यात्रुको सुविधालाई मध्यनजर गर्दै आन्तरिकतर्फ अन्तरराष्ट्रिय विमानस्थलमा समेत टिकट बिक्री कक्ष खोलेको छ । यसबाट आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई टिकट खरीद गर्न तथा कार्गो बुक गर्न सहज भएको र यसले निगमको आम्दानी बढेको विज्ञप्तिमा जनाइएको छ ।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top