सरकारले ३ अर्बको विद्युतीय बस ल्याउने

२ साउन ७६, बिहीबार

२ साउन, काठमाडौँ ।
सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्व रुपैयाँ उपलब्ध गराएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ सय वटा विद्युतीय बस खरिद गरी संचालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् ।

Advertisement

आगामी असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस संचालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई सो रकम उपलब्ध गराइएको पनि मन्त्री महासेठले बताए । सरकारले चालू आर्थिक वर्ष भित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यका साथ साझा यातायातमा विद्युतीय बस संचालन गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले विद्युतीय बसको संचालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गरे । सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा संचालनमा ल्याउन लागेको हो । मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पूराना सवारी साधनहरुको संचालनमा पनि रोक लगाउने तयारी गरिरहेको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top