जिम्बावे क्रिकेटमाथि आईसीसीको निलम्बन, नेपाल क्रिकेट संघबारे छलफल भएन

जिम्बावे क्रिकेटमाथि आईसीसीको निलम्बन, नेपाल क्रिकेट संघबारे छलफल भएन

एजेन्सी, साउन ३
टेष्ट राष्ट्र जिम्बावेमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले निलम्बन लगाएको छ ।

बिहीबार लन्डनमा बसेको आईसीसी बैठकले सरकारी हस्तक्षेप,राजनीतिक कारण र आईसीसीको २.४ धारा विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाउने निर्णय गरेको हो ।यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने संभावना न्युन रहेको बताईएको छ ।

आईसीसीको बैठकले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवाका गर्ने बिषयमा छलफल गरेन । २०७३ वैशाख १३ गते देखि क्यानमा सरकारी हस्तक्षेप लगायतका कारण देखाउँदै आईसीसीले निलम्बन गरेको थियो । निलम्बनपछि नेपालले आईसीसीको रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.