मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु, २ घाईते

मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु, २ घाईते

३ साउन, इटहरी ।
सुनसरीको गढी गाउँपालिका–५ मा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बिहीबार अपरान्ह ५ बजेको समयमा तिनमोहडी स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर छेउमै रहेको पानीको खाल्डोमा पर्दा मोटरसाईकल चालक गढी गाउँपालिका–६ का ३० बर्षीय राजेश्वर मण्डल गम्भीर घाईते भएका थिए ।

घाईते भएका मण्डलको उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका–६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.