हाइड्रोपावरका भारतीय कामदार मृत फेला

हाइड्रोपावरका भारतीय कामदार मृत फेला

३ साउन, सोलुखुम्बु ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ मा रहेको लोयर सोलु हाईड्रो पावर कम्पनीका कामदार भारत आछामका ३२ बर्षीय जय देव ईन्टि मृत फेला परेका छन् ।

असार २१ गते देखि बेपत्ता भएका ईन्टिको खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो २ बजे दाल्दु खोलाको किनारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

ईन्टिको शव परिक्षणको लागि जिल्ला अस्पताल फाप्लु पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.