५ असार,विराटनगर ।
जिल्ला प्रशासन कार्यालय मोरङले राहादानी शुल्क बापत ५ करोड ३४ लाख २३ हजार ७ सय ५० रुपैया राजस्व संकलन गरेको छ ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यालयले बार्षिक रुपमा गरेको कामको गतिविधिका बारेमा जानकारी गराएको हो । यस्तै कम्पनी रजिष्ट्रेशन दस्तुरबाट १६ लाख २२ हजार राजस्व उठाउन सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । हातहतियारको इजाजत पत्र दस्तुरबाट १ लाख ९६ हजार ४ सय ७५ राजस्व उठेको छ । प्रशासनिक दण्ड जरिवाना र जफत ४५ लाख ४० हजार राजस्व उठेको जानकारी दिए । यस्तै कार्यालयको बेरुजु ३ करोड ८६ लाख रहेको छ । कार्यालयले २९ हजार ८ सय ९६ जनालाई वंशजको आधारमा नागरिकता वितरण गरेको छ ।
यस्तै बैवाहिक अंगिकृत नागरिकता १ हजार १ सय ११ जनालाई वितरण गरेको छ । यस्तै मुद्दा दर्ता १ हजार २ सय ९८ रहेकोमा ४ सय ९८ फैसला भएको पाण्डेले जानकारी दिए । मापसे मुद्दा दर्ता ३ सय १७ मा सबै मुद्दा फैसला भएको पनि उनले जानकारी दिए । यस्तै ६ सय ९७ अभद्र मुद्दा दर्ता भएकोमा ३ सय ३ वटा फैसला भएको छ ।