सरकारले पछिल्लोपटक गरेका निर्णय उपयुक्त छैनन् : कोइराला

१७ माघ ७४, बिहीबार

विराटनगर, माघ १८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार काम चलाउ भइसकेकाले पछिल्लोपटक गरेका निर्णय उपयुक्त नभएको बताएका छन् ।

Advertisement

प्रेस युनियन मोरङले विराटनगरस्थित कोइराल निवासमा आज गरेको पत्रकार सम्मेलन बोल्दै कोइरालाले सरकार काम चलाउ हैसियतमा पुगिसकेकाले लोककल्याणकारी अवस्थाका दुरगामी प्रभाव पर्ने कुनै पनि निर्णय गर्न नहुने बताए ।

लोकतन्त्रको विधि र पद्धतिलाई स्वीकार्दा सबै दलको सहमतिमा मात्र महत्वपूर्ण निर्णय गर्नुपर्ने उनको भनाइ थियो । कोइरालाले ५५ वर्ष पुगेका दलित समुदाय तथा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सामाजिका सुरक्षा भत्ता दिने निर्णय व्यवहारमा राम्रो भए पनि मुलुकको ढिकुटीले धान्न सक्छ वा सक्दैन भनेर बुभ्mनुपर्ने बताए ।

Advertisement

जनताले सरकार बनाउने जिम्मा वामगठबन्धनलाई दिएकाले अब कांग्रेस पाँच वर्षसम्म प्रतिपक्षमा बस्नुपर्नेमा कोइरालाले जोड दिए ।

राजनीतिक स्थायित्व र मुलुकको सम्वृद्धिका लगि पनि स्थिर सरकार आवश्यक रहेको उनको भनाइ थियो । उनले वामगठबन्धनको सरकारले देश र जनताको पक्षमा गर्ने निर्णयलाई कांग्रेसले पनि सहयोग गर्ने बताए ।

Advertisement

कोइरालाले कांग्रेस प्रतिपक्षमा भए पनि अब बन्ने सरकारलाई सहयोग गर्ने प्रष्ट पारे । उनले संघीय सरंचनाअनुसार कांग्रेसको विधान परिवर्तनका लागि पार्टीले तत्काल महासमितिको बैठक बोलाउनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top