सुनसरीको देवानगञ्जमा एक जनाकाे घाँटी रेटेर हत्या

सुनसरीको देवानगञ्जमा एक जनाकाे घाँटी रेटेर हत्या

६ साउन, इटहरी ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक साेमबार बिहान घाँटी रेटेर एक जनाकाे हत्या भएकाे छ ।

भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटेर हत्या भएकाे सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए।

हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.