‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत ‘दुबो फुल्यो’ सार्वजनिक (भिडियो)

‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत ‘दुबो फुल्यो’ सार्वजनिक (भिडियो)

६ साउन, काठमाडौँ ।
दयाहाङ राई अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत चलचित्रको ‘दुबो फुल्यो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

‘दुबो फुल्यो’मा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर, एसडी योगीको संगीत, हर्क साउदको शब्द छ । लोक लयको यो गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् ।

गीतको भिडियोमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायतलाई फिचरिङ गरिएको छ । चलचित्रमा रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा रामबाबुको साथमा उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । भदौको १३ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.