नेपालमा विदेशीको अपराध धन्दा, ९ महिनामा १७५ पक्राउ

काठमाडौं : नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् ।

Advertisement

त्यस्तै, सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाल प्रहरीसँग छ । त्यस्तै, कर्तव्य ज्यान मुद्दामा तीन, ज्यान मार्ने उद्योगमा नौ, डाँका चोरीमा आठ, व्यक्ति अपहरणमा दुई, मानव बेचबिखनमा तीन र विस्फोटक पदार्थ मुद्दामा तीन जना विदेशी नागरिक सो अवधिमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी सैलेश थापा क्षेत्रीले नेपालमा पक्राउ परेका विदेशी नागरिक व्यावसायिक रूपमा अपराध कर्ममा संलग्नदेखि तत्कालीन परिस्थितका कारण अपराध कर्ममा संलग्न रहेकासम्म पाइएको जनाए ।,याे समाचार आजकाे राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top